बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

बिहीबार, ०९ असार २०७९, २० : २७
बिहीबार, ०९ असार २०७९

पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।

प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । 'गत सालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौँ,' उनले भने, 'अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।' ती महिला पाँच वर्षदेखि मिर्गौला पीडित थिइन् । 

प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् । काठमाडौंबाट आएका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाई, डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीलगायतका मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप