शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नलगाड नगरपालिकाले एकल पुरुषलाई विधुर भत्ता दिने

बिहीबार, ०९ असार २०७९, २० : ४०
बिहीबार, ०९ असार २०७९

जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्षमाथिका विधुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । बिहीबारको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । 

आगामी आर्थिक वर्षदेखि त्यो लागू हुनेगरी उक्त नियम जारी गरिएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् ।  

एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए । नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले सो निर्णय गरेको थियो । त्यस्तै बैठकले गर्भवती र सुत्केरीलाई नि:शुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

 नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीको लागि निःशुल्क रूपमा प्रयोग हुने भएको हो ।  आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप