शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप

बिहीबार, ०९ असार २०७९, २० : ४८
बिहीबार, ०९ असार २०७९

जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो ।

यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए । 

कारागारमा रहेका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको हो । कारागारमा हाल ५२ जना कैदी र १९ जना बन्दी रहेका छन् भने एक जना महिला बन्दी छन् । कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी भएपछि यो वर्ष एक कोठा थप निर्माण गरिएको पन्तले बताए ।

‘घ’ श्रेणीको कारागारमा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता हो । कारागार जीर्ण भए पनि मर्मत गर्दै कैदीबन्दी राख्ने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप