बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कैलाली अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस

बिहीबार, ०९ असार २०७९, २१ : ३१
बिहीबार, ०९ असार २०७९

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको एमाले जिल्ला सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटीलाई निष्क्रिय जस्तै बनाएको, पार्टीका केन्द्रीय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलौज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो । 

अध्यक्ष थापाले पार्टीको बैठक समेत नबसाएको, चुनावी समीक्षाका लागि बैठक बोलाउन पटक/पटक आग्रह गर्दा पनि वेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताए । बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए ।

उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, सह–सचिव ममता प्रसाद चौधरीसहित अन्य पदाधिकारीको भने बैठकमा उपस्थिती रहेको थियो ।  एमाले स्रोतका अनुसार थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ । 

यही असार ६ गते मात्रै एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष   थापालाई ३ दिने स्पष्टिकरण सोधिएको थियो ।

असार ५ गते जिल्ला इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप