शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

शुक्रबार, १० असार २०७९, ०८ : १२
शुक्रबार, १० असार २०७९

वर्षासँगै पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ । 

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले  जनाएको छ ।  

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप