फष्टलुकमा यस्तो देखियो ‘माईकल अधिकारी’
अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘माईकल अधिकारी’ को फष्ट लुक्स सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको २ पोस्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । दुई मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्कातिर पैसाको थुप्रो देखाइएको छ । यस्तै एक पोष्टरमा सौगात र सृष्टि पैसाको बिछ्यौनामा प्रेममा रमाएको देखाइएको छ ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्म रन्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्ममा सौगात र सृष्टि आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिनेछन् । उद्धव पौडेलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको छायाङ्कन इलाम र झापामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश