
ADVERTISEMENT
रुकुममा माटोको ढिस्कोमा पुरिएर युवकको मृत्यु

आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो ।
ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ