शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुन ग्रहमा कति समयसम्म जिउँदो रहन सक्छ मानिस ?

शुक्रबार, १० असार २०७९, १४ : ५०
शुक्रबार, १० असार २०७९

हामी शताब्दियौँ देखि यो पृथ्वीमा बसिरहेका छौँ । अन्य ग्रहबारे थाहा पाउने हाम्रो जिज्ञासाले हामीलाई चन्द्रमासम्म पुर्यायो । अब वैज्ञानिक मंगलमा पनि कदम राख्दैछन् । यी सबैको बीच धेरैको एउटै प्रश्न के छ भने के अन्य ग्रहमा पनि जीवन सम्भव छ ? के अन्य ग्रहमा पनि मानिस त्यसरी नै बस्न सक्छन् जसरी पृथ्वीमा बस्छन् ? अर्को ग्रहमा मानिस सामान्य रुपमा कति बेरसम्म बस्न सक्छन् ?

सबैभन्दा पहिला तपाईंहरुले के थाहा पाउनुपर्छ भने पृथ्वीजस्तो अर्को कुनै ग्रह छैन । रङ्गीन सुर्यास्त, समुद्री हावा, यहाँ बस्ने जनावर, वर्षा, बरफ, हरेक चिज असाध्यै राम्रा छन् । कुनै अर्को ग्रहसँग तुलना गर्ने हो भने पृथ्वीमा जीवन सबैभन्दा उत्कृष्ट छ ।

अमेरिकी खगोल वैज्ञानिक निद डिग्रेसे टायनका अनुसार सौर्य मण्डलको कुनै पनि ग्रहमा जानका लागि सबैभन्दा अत्यावश्यक कुरा भनेको स्पेससुट हो । अन्तरिक्षमा स्पेससुट बिना कहिँ कतै जानु घातक हुनेछ । सुन्दा अचम्म लाग्ला तर पृथ्वीबाहेक कुनै अर्को ग्रहमा तपाईं दुई मिनेटभन्दा बढी समयसम्म जीवित रहन सक्नुहुन्नँ ।

सूर्य

सुरु गरौँ सूर्यबाट । नासाका अनुसार सूर्यको तापक्रम कोरमा लगभग २.७ करोड डिग्री फरेनहाइट (१.५ करोड डिग्री सेल्सियस) र सतहमा करिब १०,००० डिग्री फरेनहाइट हुन्छ । एक सेकेन्डको हरेक १५ लाखौँ हिस्सामा सूर्यले यति ऊर्जा छोड्छ कि पृथ्वीलाई त्यो पूरा एक वर्षका लागि पर्याप्त हुनेछ । यस्तोमा तपाईंले आफू सूर्यमा जान सक्छु भनेर कल्पनासमेत नगर्दा हुन्छ । तपाईं एक सेकेन्डभन्दा पनि कम समयमा खरानी बन्नुहुनेछ ।

बुध (मर्करी) ग्रह

सूर्यको अगाडि हुने बुध ग्रहको भाग असाध्यै तातो हुन्छ (८०० डिग्री फरेनहाइट) । यस्तै बुधको पछिल्लो भाग बरफले जमेको हुन्छ यहाँ तापक्रम –१७९ डिग्री सेन्टिग्रेटसम्म रहने गर्छ । यदि तपाईं दुबै तापक्रमको बीचको रेखामा जानुहुन्छ भने तपाईंले आफ्नो सास रोक्न सकेसम्म जीवित रहन सक्नुहुन्छ । अर्थात्, यहाँ तपाईं करिब दुई मिनेटसम्म जिउँदो रहन सक्नुहुन्छ ।

शुक्र (भेनस) ग्रह

शुक्र ग्रहको तापक्रम पनि ९०० डिग्री फरेनहाइट हुन्छ । त्यसैले यहाँ पनि मानिसको हाल सूर्यमा गए सरहै हुनेछ । यद्यपि, शुक्रमा पृथ्वीको झैँ गुरुत्वाकर्षण हुन्छ त्यसैले यदि यहाँ तापक्रम धेरै नहुने हो भने त्यहाँ आरामले घुम्न सकिन्छ तर स्थिति यहाँ सहज छैन । यहाँ एक सेकेन्डभन्दा बढी कोही पनि बस्न सक्दैन ।

मंगल (मार्स) ग्रह

टायसनका अनुसार मंगल ग्रह असाध्यै चिसो ग्रह हो तर त्यहाँ हावा असाध्यै पातलो हुने भएकोले जति चिसो महसुस हुनुपर्ने हो त्यति भने हुँदैन । मंगलमा बस्नका लागि तपाईंलाई असाध्यै न्यानो लुगा चाहिन्छ । यहाँ पनि तपाईं त्यति बेलासम्म बस्न सक्नुहुन्छ जति बेरसम्म तपाईं आफ्नो सास रोक्न सक्नुहुन्छ । अर्थात्, यहाँ पनि मानिस करिब दुई मिनेटसम्म मात्रै जीवित रहन सक्छ ।

वृहस्पती (जुपिटर) ग्रह

वृहस्पतीमा विभिन्न खालका ग्यास हुन्छन् । यसलाई ‘ग्यास जायन्ट’ पनि भनिन्छ । यहाँको वातावरण ओसिलो हुन्छ जुन हाइड्रोजन, हिलियम, मिथेन र अमोनिया ग्यासको मिश्रणबाट बन्ने गर्छ । यहाँ अक्सिजन छैन । खास कुरा के हो भने यो ग्रहको कुनै ठोस सतह छैनन् जहाँ कुनै चिज टाँस्सिन सकोस् । यो ग्यासको बादल जस्तो छ । त्यसैले वृहस्पतिमा जीवन त्यति सहज पनि हुने छैन । यहाँ ग्यासको दबाबमा नै मानिसको मृत्यु भइहाल्छ । यहाँ पनि एक सेकेन्डभन्दा बढी समयसम्म बाँच्न सकिँदैन ।

शनि (स्याटर्न), युरेनस र नेप्चुन

वृहस्पतिजस्तै शनि, युरेनस र नेप्चुनमा ग्यासका गोला छन् । कोही यहाँ जान्छन् भने ग्यासको दबाबका कारण जिउँदो रहन सक्दैन । यहाँ पनि कोही बस्न सक्दैन ।

पृथ्वी

पृथ्वीको वातावरणमा अद्भूत अक्सिजन, पानी, भोजन र यस्ता धेरै कुरा छन् जसले यसलाई हाम्रो र राम्रो ग्रह बन्न मद्दत गरेको छ । यहाँ मानिस ८० वर्षसम्म निकै आरामका साथ बस्छन्, कोही त योभन्दा पनि बढी बाँच्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप