शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्याम्पुको बट्टामा लुकाएर ल्याएको १ सय ग्राम सुन बरामद

शुक्रबार, १० असार २०७९, १५ : २८
शुक्रबार, १० असार २०७९

स्याम्पुको बट्टामा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । शुक्रवार बिहान ओमनबाट ल्याएको १ सय ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

सलाम एयरवेजको उडान नम्बर–४२७ मार्फत काठमाडौं आएका सिरहाका निरन्जन कुमार सिंहले स्याम्पुको झोलामा मिसाएर सो सुन ल्याएका हुन् । सो सुन बरामद गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप