बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिलक कोइरालाले तोडे अनसन, संघर्ष समिति पनि विघटनको घोषणा

शुक्रबार, १० असार २०७९, १५ : ४६
शुक्रबार, १० असार २०७९

पुँजी बजार सुधारको माग राख्दै १० दिनदेखि अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर कोइरालाले अनसन तोडेका हुन् ।

पुँजी बजारको स्थायित्वका लागि पुँजी बजार सुधार संघर्ष समिति समेत गठन गर्दै आन्दोलनमा होमिएका कोइरालाले आफ्नै नेतृत्वमा बोर्डमा १९ बुँदे मागपत्र पेश गरेका थिए । सोही मागपत्र कार्यान्वयन गर्ने सहमति भएसँगै कोइरालाले अनसन तोडेको बताएका छन् । यद्यपि, कोइराला पक्षले नै अनसन तोड्न पहल गरिदिन बोर्डलाई गरेको अनुनय विनयसहितको अडियो बाहिरिएसँगै आन्दोलन कमजोर भएको जानकारहरुको भनाइ छ । 

आफूलाई पत्रकार समेत बताउने लगानीकर्ता कोइराला पुँजी बजारको स्थायित्वको माग राख्दै असार १ गतेदेखि धितोपत्र बोर्डको कार्यालय खुमलटारमा आमरण अनसनमा बसेका थिए । आमरण अनसन तोड्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठित संघर्ष समिति समेत विघटन भएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप