कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित
कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित भएका छन् । सन् २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा एक सय ३२ घटनामा एक सय २५ महिला र नौ जना पुरुष गरेर एक सय ३४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खड्कराज जोशीका अनुसार ६ महिनाको अवधिमा कैलालीमा अधिकारबाट ९७ जना, घरेलु हिंसाबाट ८८ जना, जवरजस्तीकरणीबाट ८ र बहुविवाहबाट एक महिला तथा बालअधिकारबाट २४ जना पीडित भएको बताए ।
क्षेत्रीय संयोजक जोशीका अनुसार सोमध्ये जवरजस्तीकरणीबाट १७, बेचबिखनबाट २, यौन दुर्व्यवहारबाट ४, जवरजस्तीकरणी प्रयासबाट एक जना तथा परिवारजनबाट २ जना महिलाको हत्या र एक महिला घाइते भएका छन् । सो अवधिमा अन्य पक्षबाट २ जना पुरुषको हत्या, दुई जना कुटपिटबाट घाइते र तीन जनामाथि दुव्र्यवहार गरिएको इन्सेकमा अभिलेख रहेको संयोजक जोशीले बताए । एक जनाले पत्नीको हत्यापछि आत्महत्या र एक जना कारागारमा मृत्यु भएको उनले बताए ।
इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जिल्लाको मानवअधिकार अवस्थाका बारेमा जानकारी गराउने उदेश्यले विगत लामो समयदेखि अर्धवार्षिक र वार्षिक रुपमा नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी