मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गल्छी गाउँपालिकाले ल्यायो ८४ करोड ९२ लाखको बजेट

शुक्रबार, १० असार २०७९, १६ : ५१
शुक्रबार, १० असार २०७९

धादिङको गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँसभामा उपाध्यक्ष भाइकाजी तिवारीले आर्थिक वर्ष २०७९/०८० लागि ८४ करोड ९२ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले प्रशासनिक खर्चका लागि १३ करोड ५० लाख रुपैयाँ, शिक्षा सेवा, स्वस्थ्य सेवा, कृषि शाखा, पशु सेवा तर्फका कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरूका लागि २० करोड ४५ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै विशेष र समपूरक योजना तथा कार्यक्रमका लागि १२ करोड ८० लाख रुपैयाँ, विषयगत योजना तथा कार्यक्रमका लागि ११ करोड ४४ लाख ३१ हजार रुपैयाँ, वडा स्तरिय योजना तथा कार्यक्रमका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप