शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको म्यागङ गाउँपालिकाले ल्यायो ३९ करोड ७१ लाख बजेट

शुक्रबार, १० असार २०७९, १८ : ४२
शुक्रबार, १० असार २०७९

नुवाकोटको म्याङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । 

गाउँपालिकाले शुक्रबार पालिकासभा मार्फत सार्वजनिक गरेको बजेटमध्ये २५ करोड १६ लाख रुपैयाँ चालुतर्फ र १४ करोड ७५ लाख ७९ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याएको जनाएको छ । 

खर्च व्यवस्थापनतर्फ पालिकाले २० लाख रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने, संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने क्रमशः ६ करोड ५९ लाख ४७ हजार र १ करोड ६३ लाख ८९ हजार, सशर्त अनुदान बापत संघबाट प्राप्त हुने १६ करोड ४८ लाख र प्रदेशबाट प्राप्त हुने २ करोड २१ लाख ६४ हजार र संघ र प्रदेशबाट प्राप्त हुने विशेष, समपुरक अनुदानबाट ४ करोड ३७ लाख ११ हजार रुपैयाँ रहने पालिकाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप