लुम्बिनी र कर्णाली प्रदेशमा मनसुन प्रवेश
शुक्रबार, १० असार २०७९, १९ : ०७
यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ ।
नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्रवेश भएको प्रदेश छवटा पुगेको छ । देशका बाँकी रहेको भू–भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : त्रिविमा एकैपल्ट ८ जना डीन नियुक्तदेखि पत्रकार महासंघमा पहिलो पटक ऐतिहासिक महिला नेतृत्वसम्म
-
‘ए डिभिजन लिग फुटबल क्लब’लाई कम्पनी मोडलमा लैजाने एन्फाको तयारी
-
एनआरएनए इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम, जितिन् २ लाख
-
त्रिभुवन विश्वविद्यालयद्वारा ८ संकायका डीन नियुक्त
-
नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व
-
धादिङमा बस दुर्घटना, आठ जना घाइते