शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीले लिड्सका मिडफिल्डर फिलिप्सलाई भित्र्याउने

शनिबार, ११ असार २०७९, ०९ : ३०
शनिबार, ११ असार २०७९

म्यानचेस्टर सिटीले लिड्सका मिडफिल्डर क्याल्भिन फिलिप्सलाई अनुबन्ध गर्ने सहमति गरेको छ । बीबीसीका अनुसार सिटी फिलिप्सका लागि ४.५ करोड पाउन्ड खर्च गर्न तयार भएको हो । क्लबले २६ वर्षीय खेलाडीका लागि ४.२ करोड पाउन्ड र बोनसका रूपमा ३० लाख पाउन्ड तिर्ने समाचारमा उल्लेख छ ।

नौ वर्ष क्लबमा बिताएका फर्नान्डिन्होले क्लब छाडेपछि प्रिमियर लिग च्याम्पियनले फिलिप्सलाई नम्बर १ टार्गेट बनाएको थियो । फिलिप्स लिड्सको एकाडेमीमा थिए र सन् २०१५ मा सिनियर टोलीमा डेब्यु गरेपछि उनले २१४ खेल खेलिसकेका छन् । फिलिप्सले रोड्रीलाई डिफेन्सिभ मिडफिल्ड पोजिसनमा ब्याकअप प्रदान गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप