
पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार

गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।
सोही निर्देशन तथा चौतर्फी विरोध भएपछि आज गठबन्धन नेताहरूबीच मूल्य घटाउन सहमति भएको स्रोतले जनाएको छ । यस्तै सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ