सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगर सभा
शनिबार, ११ असार २०७९, १३ : ०५
सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् ।
तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् । यहाँको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेको छैनन् । तयारी नपुगेकाले गाउँ तथा नगर सभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् ।
सरकारले १० असारभित्र गाउँ तथा नगर सभा सम्पन्न गरिसक्नु पर्ने सर्कुलर जारी गरे पनि यी स्थानीय तह असफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी