बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नर्वेको नाइटक्लबमा गोली चल्दा दुई जनाको मृत्यु, कैयौं घाइते

शनिबार, ११ असार २०७९, १३ : २७
शनिबार, ११ असार २०७९

नर्वेको राजधानी ओस्लोमा रहेको नाइटक्लब र वरपरको भीडमा अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । नर्वेजियन प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले यो जानकारी दिएको हो । 

प्रहरीले यस घटनामा एकजना संदिग्ध पक्राउ परेको र उसले एक्लै घटना गराएको हुनसक्ने बताएको छ । प्रहरीका अनुसार ओस्लोको प्रसिद्ध गे बार ‘लन्डन पब’ लगायत नजिकैको क्लब र सडकमा गोली प्रहार भएको थियो । गत वर्षको अक्टोबरमा नर्वेमा धनुष र बाणको आक्रमणमा परी धेरैको मृत्यु भएको थियो । यो महिना अमेरिकामा पनि गोलीबारीका धेरै घटनाहरू सार्वजनिक भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप