शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हामी लकिरको फकिरको रुपमा हिँड्न पाइँदैन : माधव नेपाल

शनिबार, ११ असार २०७९, १३ : ४०
शनिबार, ११ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई पार्टीको अहित हुनेगरी बाहिर जथाभावी बोल्दै नहिँड्न निर्देशन दिएका छन् । शनिवार सुरु भएको पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकलाई संवोधन गर्दै उनले कुनै पनि कुरा राख्नुपरेमा पार्टीको बैठक राख्न र बाहिर अभिव्यक्त नगर्न आग्रह गरे ।  

उनले भने–‘आवश्यक पर्दा अनेकै बैठकहरू बस्नुपर्ने हुन्छ । बैठकमा तर्क वितर्क बहस पनि हुन्छ तर त्यसबाट आत्तिनु हुँदैन । वडा पालिकाहरुमा कतिको संगठन बनाउन सकिएको छ कि छैन, नियमित बैठक बस्न सकेको छ कि छैन् ? अन्तरविरोध अन्तरविरोध र मत मतान्तरबाट आत्तिनुपर्ने अवस्था छैन ।’

उनले कम्युनिष्ट पार्टीबाट आलोचना, आत्मालोचनाको परम्परा रहेको बताउँदै तत्कालीन एमालेभित्र बैठकमा आत्मआलोचित हुने पद्धति र परम्परालाई निषेध गरिएको बताए ।  उनले पार्टीको कमिटीमा नभनीकन सार्वजनिक रुपमा भन्ने, लेख्ने, असन्तुष्टि पोख्दै हिँड्ने जस्ता प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।  

उनले भने– ‘कमिटीभित्र शालिन र संयमित रुपमा आफ्ना कुराहरु राख्न पाइन्छ । विचारको विषय छ भने त्यो पनि राख्न पाइन्छ । संगठनसँग जोडिएको कुरा पनि राख्न पाइन्छ । कुनै व्यक्तिको मूल्याङ्कनको कुरा छ भने त्यो पनि राख्न पाइन्छ । पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ, कमिटीमा नभनीकन सार्वजनिक रुपमा भन्ने सार्वजनिक रुपमा लेख्ने, असन्तुष्टिहरू पोख्दै हिँड्ने यस्तो प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’

नेता नेपालले कमजोरीहरूलाई सुधार गर्न आलोचना र सुझाव पनि दिनुपर्ने बताए ।  उनले भने–‘हामी लकिरको फकिरको रुपमा हिँड्न पाइँदैन । कमिटीभित्र शालिन रुपमा, संयमित रुपमा आफ्ना कुराहरु राख्न पाइन्छ । विचारको विषय छ भने त्यो पनि राख्न पाइन्छ । संगठनसँग जोडिएको कुरा छ भने त्यो पनि राख्न पाइन्छ ।’ उनले पार्टीप्रतिको सकारात्मक वा नकरात्मक कुराहरुलाई पार्टी कमिटीभित्र राख्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप