बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफूलाई धारेहात नगर्न एमालेका १० नेतालाई माधव नेपालको आग्रह

शनिबार, ११ असार २०७९, १८ : ००
शनिबार, ११ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छोडेर एमालेमै बसेका १० नेतालाई आफूलाई धारे हात नगर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरुको पछिल्लो अभिव्यक्ति सुन्न लायक नभएको टिप्पणी गरे । 

शुक्रबार माधव नेपाललाई लक्षित गर्दै एमाले नेता योगेश भट्टराईले आत्मबोध र पश्चाताप कहिले गर्ने भन्दै कटाक्ष गरेका थिए । अध्यक्ष नेपालले शनिवार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टराईको प्रश्नको जवाफ दिएका हुन् । 

नेता नेपालले उनीहरु दासको रुपमा एमालेमा बसेर धारे हात लगाउन उचित नहुने बताए । उनले भने–‘कथित १० भाइका कुराहरु सुनिरहेको छु, उनीहरु जथाभावी बोल्ने लेख्ने गरिरहेका छन् । उनीहरुको दिमागबाट अझै नसा हटेको छैन । त्यो पार्टीमा दासको रुपमा बस्ने कुनै मूल्य मान्यता छैन । हामीले संविधानको रक्षा गर्दा पनि उनीहरु धारे हात गर्ने दुस्साहस गरिरहेका छन् ।’ उनले एमालेबाट आफूहरुले गरेको विद्रोह उचित रहेको दावी गरे । उनले ती १० भाइलाई धारे हात नगर्न आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप