शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धि नियन्त्रण नगरे मन्त्रीलाई जनकारबाही गर्ने एकीकृत माओवादीको घोषणा

शनिबार, ११ असार २०७९, १४ : ५६
शनिबार, ११ असार २०७९

नेकपा (एकीकृत माओवादी) ले मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने घोषणा गरेको छ । शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर एकीकृत माओवादीले मन्त्रीहरूसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक, कृत्रिम अभाव सिर्जना गर्ने बिचौलिया, भ्रष्टाचारीलाई जनकारबाही घोषणा गरेको हो । 

एकीकृत माओवादीका अध्यक्ष माणिक लामाले आफ्नो पार्टीले महँगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए । उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरू आफूहरूले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे । 

पत्रकार सम्मेलनमा एमसीसी सरकारले जबरजस्त संसद्बाट पास गरेर राजपत्रमा प्रकाशित गरेको बताउँदै राष्ट्रहितमा नभएको भन्दै लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, आफ्नो पार्टीसहितको चौतर्फी विरोधका कारण सरकार एसपीपीबाट सरकार पछि हटेको बताउँदै विरोध मत्थर भएपछि पुनः लागु गर्न सक्ने भन्दै खबरदारी राखी राख्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । उसले जनतालाई खबरदारीमा उत्रिन अपिल समेत गरेको छ । 

त्यसैगरी माओवादीले नेपाली नागरिकको गोपनीयता, राष्ट्रिय स्वाधीनता, नेपाली आर्ट मजदुरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, बढ्दै गएको भ्रष्टाचार, यौन हिंसाका घटना, मिटर ब्याजीविरुद्ध कडा कदम चाल्न समेत सरकारसँग माग गरेको बताउँदै प्रवक्ता शाहीले बेवास्ता गरे बाध्य भएर जनकारबाही गर्ने चेतावनी समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप