
गर्भपतनको अधिकार अस्वीकार गर्नु मानवता विरुद्धको अपराध हो : तस्लिमा नसरीन

प्रख्यात बंगलादेशी मूलकी लेखिका तस्लिमा नसरीनले गर्भपतनलाई अनुमति दिने ५० वर्ष पुरानो फैसलालाई उल्टाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयको कडा आलोचना गरेकी छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले एकपछि अर्को गर्दै ट्वीट गर्दै आएका छन् । उनले जबरजस्ती गर्भधारणलाई मानवताविरुद्धको अपराध भनेकी छन् । तस्लिमा नसरीनले लेखेकी छिन्, "विश्वास लाग्दैन! अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गर्यो। आदेश अन्तर्गत महिलाको गर्भपतन अधिकार समाप्त भयो। अमेरिका अगाडि बढ्नुको सट्टा पछाडि जाँदैछ।"
उनले भनिन्, "विक्षिप्त मुस्लिम देश बंगलादेशमा पनि गर्भपतन कानुनी छ। तर अमेरिका जस्तो सभ्य देशले महिलालाई आधारभूत मानव अधिकारबाट वञ्चित गरेको छ!" उनले मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशक माकारेना साजको भनाइ उद्धृत गर्दै लेखेकी छिन्, "गर्भपातको ग्यारेन्टी जनस्वास्थ्यका लागि मात्र होइन, मानव अधिकारका लागि पनि आवश्यक छ।"
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ