
ADVERTISEMENT
डि लिटलाई भित्र्याउने छलफलमा चेल्सी

चेल्सीले सेन्टर ब्याक म्याथिस डि लिटलाई भित्र्याउन युभेन्टससँग छलफल सुरु गरेको छ । एन्टोनियो रुडिगर क्लब छाडेर रियल म्याड्रिड गएपछि चेल्सीले उनको विकल्पको खोजीमा रहेको छ ।
चेल्सीले उनको स्थानमा डच सेन्टर ब्याकलाई आफ्नो प्रमुख टार्गेट बनाएको छ । चेल्सीले डि लिटका लागि आधिकारिक अफर प्रस्तुत नगरे पनि उनको उपलब्धताको बारेमा क्लबसँग छलफल गरेको छ । डि लिटको युभेन्टससँग २०२४ सम्मको करार रहेको छ । उनको करारमा १२ करोड युरोको रिलिज क्लज रहेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ