शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

शनिबार, ११ असार २०७९, १६ : ३४
शनिबार, ११ असार २०७९

यो साता सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताभरको मूल्य तोक्दै महासंघले साताभरमा सुनको भाउमा ६०० रुपैयाँको गिरावट आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्मको अवधिमा उक्त मूल्यले सुनको भाउ घटेको महासंघले जनाएको छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

जुन यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँ आइपुगेको छ । यस्तै, महासंघका अनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० सय रुपैयाँ छ । यसैगरी, यो साता चाँदीको कारोबार मूल्यमा समेत गिरावट आएको महासंघले उल्लेख गरेको छ ।

महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा ३५ रुपैयाँको गिरावट आएको छ । जसअनुसार, हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ थियो । जुन गत साताको शुक्रबार १ हजार २७५ रुपैयाँ कायम रहेको महासंघले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप