बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्देशनसँगै आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

शनिबार, ११ असार २०७९, २२ : २०
शनिबार, ११ असार २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धन पार्टीले सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो ।

आज बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई मूल्य घटाउन निर्देशन दिएको थियो । उक्त निर्देशनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै पेट्रोल प्रतिलिटर २० र डिजेल प्रतिलिटर २९ रुपैयाँले घटाउने जानकारी दिएका थिए ।

उद्योगमन्त्री बडूको उक्त घोषणासँगै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको जानकारी दिएको हो । यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप