शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा १३ वर्षीया बालिकामाथि यौनदुराचार

शनिबार, ११ असार २०७९, १६ : ४६
शनिबार, ११ असार २०७९

झापामा १३ वर्षीया बालिकालाई यौनदुराचार गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप