
प्रेम आलेसहित नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको छन् । हस्ताक्षर फिर्ता लिने सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ छन्। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ