बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र प्रचण्डले पार्टीभित्र खेल्न खोजे : एकीकृत समाजवादी

‘पार्टीसँग बार्गेनिङ गर्ने छुट  कुनै पनि मन्त्रीलाई छैन’
शनिबार, ११ असार २०७९, १८ : ३२
शनिबार, ११ असार २०७९

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरबारे पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको हो ।

मन्त्रीहरू फेरबदल गर्ने निर्णय तत्काल लागू नगरे पार्टीले त्यसलाई अपमान सम्झने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘तपाईंहरुको हेलचेक्र्याइँ हामीलाई पार्टीभित्र खेलेको जस्तो महसुस भएको छ ।’

खतिवडाले मन्त्रीहरूले माग गरेजस्तो नयाँ मन्त्रीहरूको सूची संशोधन नहुने पनि स्पष्ट पारे । उनले पार्टीले गरेको हुबहु लागू हुने बताए । ‘पार्टीसँग बार्गेनिङ गर्ने छुट  कुनै पनि मन्त्रीलाई छैन,’ उनले भने । आजको बैठकमा धेरै मन्त्रीहरू अनुपस्थित रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप