
डेरी एसाेसिएसनको अध्यक्षमा दाहाल

नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारण सभा एवं ८औं राष्ट्रिय महाधिवेशनले प्रह्लाद दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सर्वसम्मत निर्वाचित टीमलाई संस्थाका निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, सुरेश श्रेष्ठ र हिरा केसीले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एसोसिएसनको महत्व दर्साउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष दाहालले संस्थाका अग्रजहरुको साथ लिंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ