
चेस ओलम्पियाडका लागि खेलाडी छनोट

चेस ओलम्पियाडको ४४ औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ । शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् ।
मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष बरिएताका विवेक थीङ स्वतः छनोट भइसकेका छन् । यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए ।
कृत्तीसराले ५.५ , अनिसा र विनीताले ५ तथा शान्तिले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुना लोहनी स्वतः छनोट भएकी छिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ