
नागरिक लगानी कोषले ३० प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। कोषको शनिबार बेलुका बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
समितिले सेयरधनी लगानीकर्ताहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त लाभांश भने कोषको आगामी साधारणसभामार्फत पारित भएसँगै अर्थ मन्त्रालयको स्वीकृति पश्चात् वितरण हुनेछ। लाभांश वितरण पश्चात कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड पुग्नेछ। हाल कोषको चुक्तापूँजी ३ अर्ब २७ करोड रहेको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ