शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो गण्डकी प्रज्ञा उत्सव (फोटोफिचर)

शनिबार, ११ असार २०७९, २० : २१
शनिबार, ११ असार २०७९

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको तीन दिने गण्डकी प्रज्ञा उत्सव शनिवार सकिएको छ । असार ९ गते कला कार्यशाला गरेर शुरु भएको प्रज्ञा उत्सव शुक्रबार मुक्तक, गजल तथा लघुकथा बाचन र नाटक मञ्चन हुँदै शनिवार विविध साँस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको हो ।

प्रज्ञा उत्सवका क्रममा गण्डकी प्रदेशभित्र रहेका विभिन्न साँस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो । शुरुको दिन पोखराका २० जना चित्रकारहरूले तत्स्थान चित्र कोरेका थिए भने दोस्रो दिन प्रदेश भित्रका विभिन्न जिल्लाका कवि, मुक्तककार, गजलकार तथा लघु कथाकारले रचना बाचन गरेका थिए । दोस्रो सत्रमा नाटक धनीरामको गोरु मञ्चन गरिएको थियो । केदारनाथ पौडेलले लेखेको नाटकलाई कपिल शर्माको निर्देशनमा मञ्चन गरिएको थियो ।

समापनका दिन गण्डकी प्रदेशका विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ चित्रकार यादवचन्द्र भुर्तेल, साहित्यकार गोविन्दराज विनोदी, संगीतकार आलोकश्री, संस्कृतिकर्मी पुष्परत्न महतो र नृत्यकार धनकुमारी तामाङलाई सम्मान गरिएको थियो । यसैगरी गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायको बारेमा अनुसन्धान गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।

उत्सवमा गायक रामभक्त जोजिजु, कर्णदास, राजु परियार, राजु गुरुङ, पार्वती जिसी, महिला संगीतकर्मीहरुको समूह हार्मोनीले विभिन्न गीत संगीतहरु प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप