
कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा

डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन् ।
महिलातर्फ अन्य तीन खेलाडीको टुंगो शनिबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् । कृत्तीसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तीन स्थानमा अनीसा न्यौपाने, विनिता कपाली, शान्ति धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ ।
अनीसाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ति, सिन्दीरा र खुस्बुको ३.५ अंक छ । पूजा भण्डारीको ३ अंक छ । एकदिन अगाडिसम्म अग्रता लिएको अनिसाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । विनीताले छैटौँ चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन् ।
पुरुषतर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तिमा ५ अंक बटुलेका छन् । पुरुषतर्फ अब दुई जनाको टुंगो शनिबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरियताका खेलाडी विवेक थीङ यसअघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३ दशमलव ५ अंक छ । मिलनले शुक्रबार पाचौँ चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौँ चरणमा रुपेसलाई हराए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ