बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतका नौवटा पालिकाहरुले ल्याए बजेट, कुन पालिकाको कति ?

शनिबार, ११ असार २०७९, २१ : ०१
शनिबार, ११ असार २०७९

सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि बजेट ल्याएका छन् । संघ र प्रदेश सरकार जस्तै स्थानीय पालिकाहरुले पनि सडक पुर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका हुन् । 

सबैभन्दा बढी बजेट प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) ले आगामी आवका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याइएको बताइन् । जसमध्ये पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँचसय, चालूतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार अनुमानित बजेट विनियोजन गरिएको छ ।

लेकवेशी नगरपालिकाले ७४ करोड ८७ लाख ९ हजार ५७ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । जसमध्ये चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पुँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै पञ्चपुरी नगरपालिकाले ८६ करोड २० लाख ४८ हजार ६५१ र भेरीगंगा नगरपालिकाले ६७ करोड ५ लाख ८१ हजार ७७९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजार बराबरको बजेट ल्याएको छ । यो नगरपालिकाले कुल बजेटको चालुतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९५ लाख छुट्टयाएको छ ।

नगरपालिकाको तुलनामा गाउँपालिकाहरुको बजेट भने न्युन रहेको छ । चारवटा गाउँपालिकामध्ये सबैभन्दा बढी बराहताल गाउँपालिकाले बजेट प्रस्तुत गरेको छ । यो पालिकाले ६२ करोड ७१ लाख ८ हजार ६२३ रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६२३ र पुँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

चिङ्गाड गाउँपालिकाले ४९ करोड ३८ लाख ९६ हजार ८९६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।  जसमध्ये चालुतर्फ २८ करोड ७७ लाख १० हजार र पुँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० बजेट विनियोजन गरिएको छ । उता पश्चिम सुर्खेतमा पर्ने चौकुने गाउँपालिकाले ५७ करोड ६८ लाख ४४ हजार बराबरको बजेट प्रस्तुत गरेको पालिकाका अध्यक्ष खड्ग विकले जानकारी दिए । यस्तै सिम्ता गाउँपालिकाले ५९ करोड ३४ लाख बराबरको बजेट ल्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप