शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा १० वटै स्थानीय तहको बजेट सार्वजनिक, कसको कति ?

शनिबार, ११ असार २०७९, २१ : ४०
शनिबार, ११ असार २०७९

पाल्पामा रहेका १० स्थानीय तहले बजेट ल्याएका छन् । दुई नगरपालिकासहित १० स्थानीय तह रहेको पाल्पामा धेरैले नीति कार्यक्रम र बजेट एकै दिन पारित गरेका हुन् । जिल्लाको तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट ल्याएको छ । 

नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार तानसेनमा चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालीस र पुँजीगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरिएको छ । बजेटमा ४५ दशमल ४४ प्रतिशत पुँजीगत छ । बाँकी चालु खर्चमा रहेको छ । त्यस्तै रामपुर नगरपालिकाले पनि ७२ करोड, ४७ लाख ९५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।

नगर उपप्रमुख बालकुमारी थापाले ७२ करोड ४७ लाख ९५ हजार रुपैंया रकम सार्वजनिक गरेकी हुन् । जसमा संघतर्फ ६० करोड ४४ लाख ६४ हजार, प्रदेशतर्फ ६ करोड ३ लाख ३१ हजार र आन्तरिक स्रोत ६ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।

सार्वजनिक गरिएको बजेटमा वडागत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । विषयगत कार्यक्रममध्ये आर्थिक विकासमा ४ करोड ४५ लाख ७५ हजार ३ सय, सामाजिक विकासमा ७ करोड ३२ लाख ३० हजार ८ सय ५०, पूर्वाधार विकासमा ११ करोड १४ लाख, ३८ हजार २ सय ५०, विपद व्यवस्थापनतर्फ ९५ लाख ५१ हजार ८ सय ५० र सुशासन तथा प्रशासनिक खर्चमा ७ करोड ९५ लाख ९८ हजार ७ सय ५० विनियोजन गरिएको छ ।

उता, निस्दी गाउँपालिकाले ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ । गाउँपालिका निस्दीमा विद्युतीकरण, भौतिक पूर्वाधार, कृषिमा बढी प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिए । पूर्व खोलामा गाउँपालिकाले ४८ करोड  बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष भागीरथी भट्टराईले बजेट सभामार्फत ४८ करोड १७ लाख ७४ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

यस्तै रम्भा गाउँपालिकाले पनि ५० करोड २९ लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ भने तिनाउ  गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले ४८ करोड २० लाख ९१ हजारको बजेट सार्वजनिक  गरेको छ । यता, बगनासकाली गाउँपालिकाले ५० करोड १८ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ भने माथागढी गाउँपालिकाले पनि ५७ करोड ७४ लाख ९४ हजार बजेट ल्याएको छ ।

माथागढीमा अघिल्लो आर्थिक वर्षमा भन्दा ३ करोड बजेट कम प्रस्तुत भएको छ । संघीय अनुदान कम आएकाले कम  बजेट आएको बताइएको छ । सो गाउँपालिकाले चालुतर्फ ३१ करोड ७६ लाख र पूँजीगत तर्फ २५ करोड ९८ लाख बजेट ल्याएको हो । 

त्यसैगरी रैनादेवी छहरामा गाउँपालिकाले पनि ६३ करोड ६९ लाख २५ हजारको बजेट ल्याएको छ । रैनादेवी छहराले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएर बजेट ल्याएको छ ।
रिब्दीकोटकी गाउँपालिकाले ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप