बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गर्दै पातारासी गाउँपालिका

आइतबार, १२ असार २०७९, ०७ : ३६
आइतबार, १२ असार २०७९

जुम्लाको पातारासी गाउँपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूलाई बहु क्षेत्रीय पोषण नाङ्लो प्रदर्शन तथा पोषण खाद्य वस्तु वितरण गरेको छ । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा पोषण खाद्य वस्तु वितरण गरिएको थियो। 

वडा नम्बर सातको रिनी र पट्मारा गाउँका ५९ जना सुनौला हजार दिनका गर्भवती आमाहरू लाभान्वित भएको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । गिरीले भनिन् -'प्रति व्यक्ति १८ केजी जुम्ली मार्सी चामल, २ केजी सिमी,१ क्यारेक्टर अण्डा,१ लिटर खाने तेल,१ प्याकेट आयोडिनयुक्त नुन,१ सेट ब्रस र मन्जन,१-१ वटा नुहाउने र कपडा धुने साबुन र १ दर्जन केरा वितरण गरिएको छ। '

महिला तथा बालबालिका शाखा अन्तर्गतको बहु क्षेत्रीय पोषण कार्यक्रम बाट वितरण भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जुनमाया रोकाया,सात नम्बर वडा अध्यक्ष विरबहादुर बुढा,वडा सदस्य र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सुनौला  हजार दिनका आमाका घरैमा पुगेर उक्त पोषण खाद्य वितरण गरिएको  भगवती गिरी बताउँछन् । 

उनले भनिन् -'गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त खाद्य वस्तु  वितरण दिएका छौँ, पोषणले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ । सधैंभरि पोषण दिएर पुग्दैन,आफ्नो घरमै बनाएर खाने बानीको विकास होस भन्ने हामी चाहन्छौ।' 

सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले जानकारी दिए । पोषणयुक्त खानपानले हजार दिनका आमा र बच्चाको स्वास्थ्य सुरक्षित हुने, बच्चाको वृद्धि, विकासमा सुधार हुने अध्यक्ष बोहोराले बताए । यस्ता खाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष जुनमाया रोकायाले आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्ने बताइन् । यो सचेतना सबै वडास्तरमा दिनुपर्नेमा जोड दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप