ad
x

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline0

उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए । बुली म्यामोथ हात्ती  प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ । 


युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका मूल अमेरिकीहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।



‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद ग्रान्ट जाजुलाले भने ।

‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ,जुन  ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भन्यो । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।