शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य

आइतबार, १२ असार २०७९, ०९ : ३९
आइतबार, १२ असार २०७९

धन–योग फाउण्डेशन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सहकार्य अघि बढाएको छ । युएसले धन–योग फाउण्डेशन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।

दुवै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौँमा आयोजित ‘मिट एण्ड ग्रिट–२०२२’ समारोहमा फाउण्डेशन युएसका अध्यक्ष डा सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गरे । संस्थाले नेपालमा मधुमेहका बिरामीहरूको उपचारमा केन्द्रित अस्पताल स्थापनाका लागि आफूले पहल गर्ने उहाँले घोषणा गर्नुभयो । फाउण्डेशन, युएसकी उपाध्यक्ष डा सबिना मास्केले आफ्नो मुुलुक र समाजप्रतिको दायित्व सम्झेर फाउण्डेशन क्रियाशील भएको बताए ।

फाउण्डेशन नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले संस्थाले यसै वर्षदेखि हरेक साल मधुमेह र आँखासम्बन्धी स्वास्थ शिविर, निःशुल्क उपाचार तथा जनचेतना कार्यक्रम गर्ने जानकारी गराए । 

दृष्टिविहीन तथा अभिभावकविहीन बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने पनि उनले बताए । फाउण्डेशनका परियोजना प्रमुख सरला श्रेष्ठले नेपालमा सामाजिक कार्यहरू गर्दा आइपर्ने चुनौतीबारे जानकारी दिनुभयो भने सचिव नुज्जु अवालेले फाउण्डेशनका लक्ष्य र उद्देश्य अवगत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप