शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रको राजनीतिक संकटलाई ओवैसीले भने, 'बाँदरको नाच'

आइतबार, १२ असार २०७९, १० : २७
आइतबार, १२ असार २०७९

अखिल भारतीय मजलिस-ए-इत्तेहादुल (एआईएमआईए)का अध्यक्ष र हैदराबादका सांसद असदुद्दीन ओवैसीले महाराष्ट्रको राजनीतिक सङ्कटलाई ‘बाँदरको नाच’सँग तुलना गरेका छन् ।

समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा ओवैसीले भने, 'हामी हेरिरहेका छौँ ... हामी त्यहाँ बाँदरहरू नाचिरहेका देखिरहेका छौँ। एक रूखबाट अर्को रूखमा झुन्डिएका छन्। यो रूखबाट त्यो रूखमा जाँदैछन् । हामी तमासा हेरिरहेका छौँ। ।'

जब ओवैसीलाई महाराष्ट्रको राजनीतिक सङ्कटको बारेमा प्रश्न गरिएको थियो, उनले पहिले यो उनको मतलबको विषय नभएको र यो  महाविकास अघाडीको आन्तरिक मामिला रहेको बताएका थिए । उनले मुद्दा उनीहरु आफैले हेर्नुपर्ने जिकर गरे ।

अन्त्यमा जिगर मुरादाबादीको शेर प्रयोग गर्दै ओवैसीले भने, ‘म अखलाक जलिरहेको घर देख्दैछु, हेर्न सक्दिनँ, तर देखिरहेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप