शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई बेवास्ता गर्दा एमालेको यो हालत भयो : अध्यक्ष नेपाल

आइतबार, १२ असार २०७९, ११ : ०४
आइतबार, १२ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् । अखिल नेपाल महिला सघ  (समाजवादी)को  केन्द्रीय समितिको  तेस्रो  पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए । 

गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप