शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका २ जना बीमा अभिकर्ता अमेरिका प्रस्थान

आइतबार, १२ असार २०७९, ११ : ५४
आइतबार, १२ असार २०७९

मिलिनियम डलर राउण्ड टेवल (एमडीआरटी) २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता नमिता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । 

इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै उनीहरुलाई बिदाई गरेको हो । सो कार्यक्रममा लिडरद्वयलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो । 

आयोजित कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकामा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई स्वदेशमा लागू गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप