बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

आइतबार, १२ असार २०७९, १२ : ०२
आइतबार, १२ असार २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो । 

नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृखंला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृखंला खेल्ने तयारीमा छ । जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी–२० खेल्ने तय भएको थियो । 

नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ ।   यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप