ad
x

जो बलिउड सेलिब्रेटी जस्तै देखिन्छन्, छुट्याउनै गाह्रो

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline0


सबैजना बलिउड सेलिब्रेटीजस्तै देखिन चाहन्छन् । कोही भने ठ्याक्कै उनीहरू जस्तै देखिन्छन् । केही समयअघि विश्व प्रसिद्ध फोटोग्राफर स्टीव म्याक्रीले एक फोटो साझा गरे । तस्बिरमा देखिएका व्यक्तिको अनुहार बलिउड मेगास्टार अमिताभ बच्चनसँग मिल्दोजुल्दो थियो । 


‘ठग्स अफ हिन्दोस्तान’का अभिनेताको लुक हेर्दा ठ्याक्कै त्यस्तै देखिन्छ ।  यी व्यक्ति हुन् पाकिस्तानमा बस्ने अफगानी शरणार्थी शाहबाज ।



बलिउडमा यस्ता धेरै सेलिब्रेटीहरू छन् जसको लुकका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

शाहरुख खान

शाहरुख खानजस्तै देखिने व्यक्तिको नाम इब्राहिम कादरी हो । इब्राहिम ठ्याक्कै शाहरुख जस्तै देखिन्छन् । इब्राहिम सामाजिक सञ्जालका चर्चित स्टारमध्ये एक हुन् । इब्राहिमको इन्स्टा पेजमा उनको धेरै पोज, प्रोफाईल देखेर तपाई रिल र रियल शाहरुखबीच भ्रममा पर्नुहुनेछ।

ऐश्वर्या राय

ऐश्वर्याको लुक धेरै देखिए पनि केही समय अघि एक युवतीको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । ती युवती ठ्याक्कै ऐश्वर्याजस्तै देखिन्थिन् । विशेष कुरा के छ भने उनी अभिनेत्रीको गीतमा नाच्दै वा लिप्सिङ गरेको देखिएकी थिइन् । ऐश्वर्या रायजस्तै देखिने यी युवतीको नाम आशिता राठौर हो । सामाजिक सञ्जालमा आशिताको थुप्रै फ्यान फलोइङ छ ।

आलिया भट्ट

आलिया भट्टको लुक जस्तै भएको युवतीको भिडियो पनि सामाजिक सञ्जालमा छाएको थियो । आलियाजस्तै देखिने युवती सेलस्टी बैरागी हुन् । उनी आफै पनि अभिनेत्री हुन् र म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । सेलेस्टी असमकी हुन्। सेलेस्टी  हाँस्दा अनुहारमा आलियाको जस्तै डिम्पल पनि पाउँछन्।

करिश्मा कपुर

ऐश्वर्या, आलिया बाहेक करिश्मा कपुर जस्तै देखिने युवती पनि छन् । उनको नाम हिना खान हो । उनी पाकिस्तानकी भएपनि लण्डनमा बस्छिन् । इन्स्टाग्राममा हिनाको ठूलो फ्यान फलोइङ छ ।

सुशान्त सिंह राजपूत

​यो सूचीमा सुशान्तको नाम पनि परेको छ । सुशान्तको मृत्युपछि उनी जस्तै देखिने युवकको तस्बिर निकै भाइरल भएको थियो । ती युवकको नाम सचिन तिवारी थियो। सचिनले आफ्नो एउटा तस्विर सेयर गरेका छन् जसमा उनी पवित्र रिश्ताको मानव लुकमा देखिएका छन् ।

फ्यानहरूले उनलाई सुशान्तको बायोपिकमा काम गर्न सल्लाह पनि दिएका थिए । सचिन उत्तर प्रदेशको रायबरेलीका बासिन्दा हुन् र उनलाई हजारौँले सामाजिक सञ्जालमा फलो गर्छन्।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।