बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नाम फेर्दै दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका

आइतबार, १२ असार २०७९, १२ : १५
आइतबार, १२ असार २०७९

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ । गाउँपालिकाको गाउँसभाको दशौं अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महाङ्काल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । 

‘हामी यो प्रस्ताव प्रदेशमा पठाउँछौं । प्रदेशले केन्द्रलाई पठाएपछि निर्णय हुन्छ,’ उनले भने । धार्मिक, साँस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महाङ्काल वैतरणी कायम गर्ने निर्णय भएको अध्यक्ष केसीको भनाइ छ ।

दक्षिण ललितपुरको पर्यटकीय क्षेत्रको रूपमा परिचित महाङ्कालमा कालेश्वर महादेव मन्दिर, वैतरणी धाम, महाङ्काल मन्दिर र सिम्बा झरना रहेको छ । पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको बाक्लो भिड लाग्ने गरेको छ । 
दक्षिण ललितपुरकै बागमती गाउँपालिकाको नाम नजिकै रहेको मकवानपुरमा पनि उस्तै नाम रहेको भन्दै नाम परिवर्तनको बहस जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप