ad
x

यी हुन् प्रचण्डले ट्वीटरमा  फलो गरेका ८  व्यक्ति

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline1

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् । 


उनले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् । उनले छोरीहरू रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् । 



माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् । 

ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् । – न्युज कारखाना

कमेन्ट

  1. June 26, 2022, 9:46 p.m. झान्न्क्रीको भिनाजु
    थुक्क
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।