बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिएनएल : फ्रान्सको दबदबा कायम

आइतबार, १२ असार २०७९, १२ : ५८
आइतबार, १२ असार २०७९

नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३(० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५,२२, २७,२५, २५,१७ को सहज जित निकाल्यो ।   

यता, दोस्रो स्थानको पोल्याण्डले अष्ट्रेलियालाई ३–० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्याण्डले २५,१७, २५,१९, २५, ११ को जित निकाल्यो ।   अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३, २ को सेटमा हरायो । इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३,१ को सेटमा हरायो । 

जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ । यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप