शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका दिलमायाको मोबाइल भेटिएन्, हत्या आशंका

आइतबार, १२ असार २०७९, १४ : १६
आइतबार, १२ असार २०७९

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । घाँटी कस्न प्रयोग गरिएको आशंका गरिएको सल महाराजगञ्जस्थित नालीमा फालेको सूचना पछ्याएर प्रहरीले सलको खोजी गरिरहेको छ । तर, समाचार तयार गर्दासम्म सल भेटिएको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठ शुक्रवार राति दिलमायाको डेरामा गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृत्युअघि दिलमायाले फेसबुकमा लेखेकी थिइन्, ‘जीवनसँह हार खाएँ’ एक छोराकी आमा उनी पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप