शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रगिरीको जंगलमा हराएका तीन विदेशी नागरिकको उद्धार

आइतबार, १२ असार २०७९, १४ : ३२
आइतबार, १२ असार २०७९

राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार भएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा फसेका थिए । 

थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको १०० मिटर तल भिरमा फसेको अवस्थामा प्रहरी प्रभाव थानकोटको टोलीले उनीहरुलाई फेला पारेको हो । सानेपास्थित प्रहरी प्रभागमा यसबारे सूचना आएपछि प्रहरी बृत्त थानकोटबाट तत्कालै प्रहरी उद्दारकर्मीहरु परिचालन गरिएको थियो ।  शनिबार साँझ आएको सो खबरपछि आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । 

उनीहरुलाई रेस्क्यु रोपलगायतको प्रयोग गरी सुरक्षित साथ उद्दार गरी रातिनै  साथीहरुको जिम्मा लगाइएको उनले बताए ।उद्धार भएकाहरुमा अमेरकी नागरिक डग्लस रो तथा भारतीय नागरिक  नवप्रित डिलोन र माधव गुप्ता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप