बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

आइतबार, १२ असार २०७९, १४ : ५७
आइतबार, १२ असार २०७९

युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्।

सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो। ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले आफ्नो  उत्तरदायित्व वहन गर्न सधैँ तयार रहेको जानकारी गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप