शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा बुझाएका मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

आइतबार, १२ असार २०७९, १५ : १६
आइतबार, १२ असार २०७९

नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेरको विषय जटिल भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् । मन्त्री आलेले आइतबार साँझ मन्त्रालयमै पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

‘मन्त्रीज्यूले साँझ ५ बजे मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ’, आलेको सचिवालयले भन्यो, ‘बाँकी कुरा पत्रकार सम्मेलनमै  जानकारी दिनुहुन्छ ।’ मन्त्री आलेले आइतबार बिहान पार्टी कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए । त्यसपछि अध्यक्ष नेपालले पार्टी निकट महिला संगठनको कार्यक्रममा केही मन्त्रीको राजीनामा आफ्नो खल्तीमा रहेको भन्दै आवस्यक परे सार्वजनिक गर्ने बताएका थिए । मन्त्री आले निकट स्रोतका अनुसार पत्रकार सम्मेलनमा उनले राजीनामाको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा मन्त्री भएर गरेका कामहरुका बारेमा समेत जानकारी दिनेछन् । 

मन्त्री आलेले राजीनामा घोषणा गरेपछि अन्य मन्त्रीलाई समेत राजीनामा गर्न दवाव बढ्ने भएको छ । सुरुमा राजीनामा नगर्ने अडान राख्दै आएका आले पछिल्लो समय पार्टीको निर्णय मान्न तयार भएपनि मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठले भने पार्टीको निर्देशन विपरित राजीनामा दिन अझै आनाकानी गर्दै आएका छन् । नेकपा एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप